२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गुजरातबाट फर्केका २२ वर्षीय युवकको घर नपुग्दै सुर्खेतमा मृत्यु, पीसीआर परीक्षण हुँदै

बुधवार , जेठ १४, २०७७

भारतको गुजरातबाट नेपालगञ्ज नाका हँुदै सुर्खेत आइपुगेका एक जना युवाको मृत्यु भएको छ । गाडीमा आउँदै गर्दा असजिलो भएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

गुजरातबाट गाडीमा सुर्खेत आई पुगेका २२ बर्षका युवाको मंगलबार राती १२ बजे तिर अस्पताल लैजाने क्रममा मृत्यु भएको सामाजिक मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए ।

सुर्खेतको चिंगाड गाउँपालिका वडा नम्बर ५ निवासी ती युवा घर फर्कदै गर्दा गाडीमा सिकिस्त बिरामी भएका थिए । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

कोरोना भाइरसको संक्रमणको आशंकामा मृतकको स्वाब संकलन गरि पीसीआरका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ । मृतक युवा लामो समयदेखि बाथरोगबाट ग्रसित भएको खुलेको डा. तिवारीले जानकारी दिए ।

मृतकको कोरोना परीक्षण रिपोर्ट आएपछि मात्रै शवको अन्तिम संस्कारको टुंगो लाग्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार