२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सेती अस्पतालको आइसोलेसनमा एकजनाको मृत्यु, भारतबाट आएका थिए उनी

मंगलवार , जेठ १३, २०७७

 कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

‘भारतबाट आएको, त्यसैमाथि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो,’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने, ‘उहाँलाई हिँजो साँझ भर्ना गरियो, आज बिहानै निधन भयो ।’

श्रेष्ठका अनुसार मृतकको ¥यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना थियो कि थिएन भनेर पत्ता लगाउन पीसीआर परीक्षणको लागि स्वाब संकलनसमेत गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार