२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

परराष्ट्र मन्त्रालयले भन्यो

महासभामा प्रधानमन्त्री शाहको प्रस्ताव : ' हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम '

शनिवार , आश्विन १०, २०८३

 

काठमाडौं, असोज ।

प्रधानमन्त्री बालेनन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्।

परराष्ट्र मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पत्रकार सम्मेलन गर्दै संयुक्त राष्ट्रसंघको ८१औं महासभामा हालै भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरेको बताएका छन ।

 

प्रधानमन्त्री बालेनले बाढीबाट ठूलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराएको जनाइएको छ।

प्रधानमन्त्री बालेनले जलवायु संकट निम्त्याउन ऐतिहासिक रूपमा बढी भूमिका खेल्दै आएका तथा बढी स्रोत साधन र क्षमता भएका मुलुकहरूले यस संकटलाई सम्बोधन गर्न थप जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

मन्त्रालयका अनुसार नेपालले वनजङ्गल संरक्षण, जलविद्युत् विकास, विद्युतीय सवारी साधनको प्रवर्द्धन तथा स्थानीय तहमा जलवायु अनुकूलनको प्रयासमार्फत वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानको उल्लेख गरे । 

उनले जलवायु उत्थानशीलताका लागि लगानी, सुदृढ पूर्वाधार, प्रभावकारी पूर्वसूचना प्रणाली तथा नवीन प्रविधिको प्रवर्द्धनमा जोड दिएको जनाएको छ।

जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर तथा हिमनदी र पर्माफ्रस्ट पग्लिँदै जाँदा हिमपहिरो, बाढी र पहिरो लगायतका विपद्को जोखिम बढ्दै गएको उल्लेख  गरे ।

उनले  जोखिमयुक्त हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र विपद्का समयमा सीमापार समन्वयका लागि हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजमको स्थापना गर्न प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ।

यसैगरी प्रधानमन्त्री बालेनले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग द्विपक्षीय भेटवार्ता गरी दुई देशबीचको आपसी हित र सहकार्यका आयामबारे छलफल गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार