२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

भारतीय सेना प्रमुख सेठ काठमाडौं आइपुगे

नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा दिइने

आइतवार , श्रावण ३१, २०८३

काठमाडौं, साउन ।

भारतीय सेना प्रमुख धिरज सेठ काठमाडौं आइपुगेका छन्। पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै सेठ आइतबार काठमाडौं आइपुगेका हुन्।

भारतीय सेना प्रमुख सेठलाई नेपाल भ्रमणका क्रममा सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा दिइने कार्यसूची छ। 

नेपाल र भारतमा सेना प्रमुख नियुक्त भएपछि एकले अर्को देशमा भ्रमण गर्ने र मानार्थ महारथीको दर्जा दिने प्रचलन छ। 

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई पनि नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा एक विशेष समारोहका बीच राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथी दर्जा दिएकी थिइन्। 

स्रोतका अनुसार नेपाल भ्रमणको क्रममा सेठले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन शाह, प्रधानसेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्तासमेत गर्ने तयारी छ। 

बालेन प्रधानमन्त्री बनेपछि भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ सबैभन्दा उच्च अधिकारी हुन्। 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार