२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

काठमाडौँ उपत्यकासहित तीन प्रदेशमा भारी वर्षा

उच्च सतर्कता अपनाउन आग्रह : ' अझै वर्षा हुने सम्भावना '

बिहिवार , श्रावण २८, २०८३

 

काठमाडौँ, साउन ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ।

महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ।

 

भोलि शुक्रबार दिउँसोसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान महाशाखाले गरेको छ।

भारी वर्षा भइरहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

वर्षा र सम्भावित विपद्का कारण नागरिकको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात सेवासमेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार