२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

देशभर केही स्थानमा मेघगर्जनसहित भारी वर्षा र हिमपातको सम्भावना

बिहिवार , श्रावण १४, २०८३

काठमाडौँ.साउन ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। 

यसैगरी कोशी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा, मधेश प्रदेशमा तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। साथै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यसैगरी राति कोशी प्रदेशको पहाडी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार