२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

अमेरिका र साउदीको इराकमा संयुक्त आक्रमण : ' २० जनाको मृत्यु '

बुधवार , श्रावण १३, २०८३

 

काठमाडौं, साउन ।

इराकमा रहेका इरानसँग सम्बन्धित हतियार तथा बन्दोबस्तीका (रसद) सामग्री राखिएका स्थलहरूमा अमेरिकी र साउदी अरेबियाली सेनाले संयुक्त आक्रमण गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

जुन घटनाको पुष्टि पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले आफ्नो टेलिग्राम च्यानलमा वक्तव्य जारी गर्दै गरेको हो। उक्त आक्रमणले बगदाद, वासित, निनेवेह, बसरा, किरकुक, कर्बला र दियाला प्रान्तहरूमा रहेका पीएमएफका संरचनाहरूलाई निशाना बनाएको बताइएको छ। जसका कारण कयौँ सैन्य मुख्यालय, सवारी साधन र सैन्य उपकरणहरूमा व्यापक क्षति पुगेको छ।

सो समूहको ३० औँ ब्रिगेडले सामाजिक सञ्जालमा जारी गरेको अर्को वक्तव्य अनुसार, उत्तरी इराकी प्रान्त निनेवेहका प्रमुख स्थलहरूमा स्थानीय समय अनुसार बिहान करिब ३स्२० बजे सातवटा हवाई आक्रमण भएका थिए।

उक्त आक्रमणमा मात्रै १० जनाको मृत्यु र ६ जना घाइते भएको बताइएको छ। घटनापछि प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्ति अनुसार आक्रमणको जवाफमा इराकी प्रधानमन्त्री अली फलिह अल-जैदीले राष्ट्रिय सुरक्षासम्बन्धी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएकी थिइन्छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार