२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

कटाक्षले होइन : " चरित्रले राष्ट्र बन्छ "

मंगलवार , श्रावण १२, २०८३

 

देश केवल सरकार, दल वा नेताहरूले मात्र बनाउँदैनन् । देश त प्रत्येक नागरिकको सोच, संस्कार, चरित्र, अनुशासन र जिम्मेवारीले बन्छ। आज हामी विरोधमा छौँ, आरोपमा छौँ, सामाजिक सञ्जालमा कटाक्षमा छौँ। तर एउटा प्रश्न आफैँलाई पनि गरौँ हामीले देशलाई के दिएका छौँ ?

जहाँ धर्मको मर्म हराउँछ, संस्कार ओझेल पर्छ, चरित्र कमजोर बन्छ, अनुशासन समाप्त हुन्छ र स्वार्थले कर्तव्यलाई जित्छ, त्यहाँ विकासका सपना केवल नारामा सीमित हुन्छन्।

भ्रमको खेतीले केही समय ताली पाउन सक्छ, तर अन्ततः त्यसले समाजलाई दुर्घटनातर्फ नै धकेल्छ। राष्ट्र परिवर्तनको पहिलो पाइला संसदबाट होइन, स्वयंको अन्तःकरणबाट सुरु हुन्छ।

चरित्रवान नागरिक, अनुशासित समाज र नैतिक नेतृत्व भएको राष्ट्रलाई कसैले पनि पछाडि पार्न सक्दैन। आउनुहोस्वि रोधभन्दा समाधान खोजौँ, कटाक्षभन्दा कर्तव्य निभाऔँ, अधिकारभन्दा पहिले आफ्नो दायित्व सम्झौँ। किनकि सभ्य नागरिक नै समृद्ध राष्ट्रको सबैभन्दा बलियो आधार हो। - फेसबुकबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार