२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

नारायणगढ–मुग्लिन सडकखण्ड : ' पहिरो खस्दा अवरुद्ध '

मंगलवार , श्रावण १२, २०८३

काठमाडौँ.साउन ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरो गएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार सडक अवरुद्ध भएलगत्तै पहिरो पन्छाउने काम सुरु गरिएको छ।

खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउन कम्तीमा दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार