२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

जनअपेक्षा र नेतृत्वको चाहनानुसार काम गर्ने - " कानुन चाहिन्छ "

सोमवार , श्रावण ११, २०८३

 

चितवन, साउन ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको चाहनाअनुरुप विकासका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने बताएकी छन । स्थानीय पत्रकारसँग आज कुराकानी गर्दै उनले जनताको अपेक्षा अनुसार कानुन बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाइ हुने बताईन ।

मन्त्री गौतमले भनिन्, ' नेतृत्वको चाहनाले होइन, जनताको सोचाइ अनुसार कानुन बनाउन सकिएन भने परिणाम दिन कठिन हुन्छ ।

उनले आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार वर्षका रुपमा घोषणा गरेकाले १६६ वटा कानुन बनाउनुपर्ने बताईन ।

मन्त्री गौतमले काममा बाधा पुग्ने कानुनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवमा ३० वर्षे सेवा र ५५ वर्ष उमेर हदको कुरा प्रक्रियामा रहेको बताएकी छन ।  रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार