२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

फिफा विश्व कप २०२६

स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि : ' अर्जेन्टिना १-० ले पराजित '

सोमवार , श्रावण ४, २०८३

 

काठमाडौं, साउन ।

फिफा विश्व कप २०२६ को उपाधि स्पेनले जितेको छ। न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको खेलमा अतिरिक्त समयमा साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो।

खेलको पाँचौं मिनेटमा स्पेनका लागि लामिन यमालले प्रहार गरेको बल अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रक्षा गरे। खेलको ३९ औं मिनेटमा स्पेनका लागि मिकेल ओयारजाबालले गरेको प्रहार मार्टिनेजले बचाए।

खेलको पहिलो हाफमा अर्जेन्टिना स्पेनको प्रहार रोक्नमै व्यस्त भयो। अर्जेन्टिनाले पहिलो हाफमा एउटा पनि प्रहार गर्न सकेन। खेलको दोस्रो हाफमा पनि अर्जेन्टिना विरुद्ध स्पेन हाबी रह्यो।

तर गोल भने निकाल्न सकेन खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल निकाल्न नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको पहिलो हाफ गोल रहित बराबरीमा सकियो तर अतिरिक्त समयको दोस्रो हाफको पहिलो मिनेटमा नै स्पेनले गोल गर्यो। स्पेनका लागि खेलको १०६ मिनेटमा फेरान टोरेसले गोल गरेका हुन्।

यही गोल नै निर्णायक बन्यो र स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्यो। सन् २०१० मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो। १६ वर्षपछि विश्वकपको फाइनल खेलेको स्पेनले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार