२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मनसुनी वायूको प्रभाव देशभर

आगामी तीन दिनकाे माैसम : ' अत्याधिक वर्षा , उच्च सतर्कता अपनाउनू '

शनिवार , श्रावण २, २०८३

 

काठमाडौं, साउन ।

देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केहीमाथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको बुलेटिनमा उल्लेख छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर अधिकांश बादल लाग्नेछ। बिहान जारी बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।

कर्णाली र सुदुरपश्चिम प्रदेशको  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार पनि कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

उता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आगामी दुई दिन अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

Alert_Notice.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार