२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

राष्ट्रियसभामा विनियोजन विधेयक २०८३ छलफल

सरकारका सय दिन  : "  अभूतपूर्व काम गरेको छ "

' आन्तरिक मूल्याङ्कनमा ८७ दशमलव २ प्रतिशत कार्यक्रम फत्ते भए ' : अर्थमन्त्री डा. वाग्ले

मंगलवार , आषाढ २३, २०८३

काठमाडौँ, असार ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गरेका छन ।

मङ्गलवार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जिकिर गरेका हुन । 

मन्त्री वाग्लेले सरकारले सय बुँदामा तोकेका कामहरूमध्ये ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते गर्नु आफैँमा अभूतपूर्व भएको तर्क गरे । 

उनले विधेयकलगायतका विषयहरू सरकारको मात्रै नियन्त्रणमा नभएकाले सोचे अनुसार अघि बढ्न नसकेको स्पष्टीकरणसमेत दिए । उनका अनुसार अर्थ मन्त्रालयले भने सय बुँदा सङ्कल्पमध्ये आफ्नो जिम्मेवारीमा परेका सबै काम फत्ते गरेको छ ।

अर्थमन्त्री वाग्लेले भने, “सय दिनको प्रसङ्ग आएको रहेछ । अघि नै मैले निवेदन गरिसकेँ– सरकारको आन्तरिक मूल्याङ्कनमा ८७ दशमलव २ प्रतिशत कार्यक्रम फत्ते भएका छन् । यो आफैँमा अभूतपूर्व हो । 

आफैँले एकदमै जटिल मापदण्ड तोकेर त्यसमा खरो उत्रनका लागि सरकारले इमानदार रूपमा प्रयास गरिरहेको छ । केही कामहरू निरन्तर रूपमा अघि बढिरहेका छन् । 

विधेयक पेस गर्नेजस्ता कुराहरू हाम्रो नियन्त्रणमा मात्रै नभएका हुनाले पनि यसलाई अघि बढाउने कुरामा हामी सचेत नै छौँ । अर्थ मन्त्रालयले सय बुँदामा भनिएका आफ्ना सबै कामहरू फत्ते गरेको छ ।”

अर्थमन्त्री वाग्लेले सरकारले निर्वाचनअघि जनता सामू गरेको वाचा अनुसार नै प्रतिबद्ध भएर काम गरिरहेको पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार