२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सरकारका १०० दिन

असल नियतले काम गर्दागर्दै भएका - " कमजोरी सुधार्दै अघि बढ्छौं  "

' सरकारले सुरुदेखि नै सुशासनलाई प्राथमिकतामा राखेको र सय दिन सुशासनको सुुरुवात गर्ने बिषयमा सफल '  ः रवि लामिछाने

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं, असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) ले सरकारको सय दिन, सुशासनको सुुरुवात गर्ने बिषयमा सफल भएको जनाएको छ । 

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदको डिजिटल अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले सरकारले सुरुदेखि नै सुशासनलाई प्राथमिकतामा राखेको र सय दिन सुशासनको सुुरुवात गर्ने बिषयमा सफल भएको बताएका हुन् ।

सरकारले यस अवधिमा नागरिकका सवाल र सुशासनमा बढी जोड दिएको उनको दाबी छ । उनले भौतिक पूर्वाधारको क्षेत्रमा ३ वर्षको प्याकेज बनाएर काम सुरु गरिएको र सेवा प्रवाहलाई डिजिटल तथा सहज बनाउने क्रमको सुरुवात भएको उल्लेख गरे । 

सभापति लामिछानेले असल नियतले काम गर्दागर्दै पनि कहिलेकाहीँ प्रक्रियागत कमजोरी हुन सक्ने भन्दै आगामी दिनमा प्राप्त सुझावका आधारमा कमी–कमजोरी सुधार्दै अघि बढ्ने धारणा राखे ।

उनले संविधानका धेरै विषयमा बहस आवश्यक रहेको उल्लेख गर्दै रास्वपाले प्रदेश खारेजीको माग नगरेको धारणा राखे । प्रदेश संरचनालाई अझ प्रभावकारी र कम बोझिलो बनाउनका लागि रास्वपाले बहसको विषयका रूपमा मात्र अगाडि सारिएको र यसमा सर्वदलीय सहमति आवश्यक पर्ने उनले बताए ।

सभापति लामिछानेले काठमाडौँको खोला किनारका नागरिकलाई व्यवस्थित गर्न खोजिएको उल्लेख गर्दै वास्तविक सुकुम्बासीहरूले जग्गा वा आवास प्राप्त गरेपछि अहिलेको पीडा बिर्सने वातावरण उल्लेख गरे । 

साथै उनले रास्वपा सांसदहरुलाई प्रविधिसँग नजिक राख्न आगामी दिनमा साइबर सुरक्षा, डिजिटल सेक्युरिटी जस्ता विषयमा थप कार्यक्रमहरू हुने जानकारी दिए ।

बैठकमा सांसदहरुलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मको प्रणालीबारे जानकारी गराइएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार