२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मन्त्रिपरिषद् बैठक  : '  यस्ता छन आजका निर्णयहरू '

बिहिवार , आषाढ १८, २०८३

 

काठमाडौं, असार ।

सरकारले शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

योसँगै बैठक अन्य ११ वटा निर्णयसमेत गरेको छ:

  • अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक स‌ंघीय संसदमा पेस गर्न स्वीकृति दिने
  • संलग्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता (बीबीएनजी) लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
  • नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने।
  • विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्ति गर्ने।
  • कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
  • शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
  • गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल ९कैलाली०लाई नियुक्ति गर्ने।
  • सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्ति गर्ने।
  • राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्ने
  • राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार