२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

' संघीयता आवश्यक छैन, निर्वाचित कार्यकारीमा जाऔँ' : वामदेव गौतम

बुधवार , आषाढ १७, २०८३

 

काठमाडौं, असार ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताएका छन् ।

पूर्व सांसद मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता गौतमले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो ५ वर्षको पूर्ण कार्यकाल पुरा गर्न नसकेको भन्दै वर्तमान प्रणाली असफल भएको समेत बताए ।

उनले खर्चिलो निर्वाचन प्रणालीलाई सुधार्न पूर्ण समानुपातिक व्यवस्था आवश्यक रहेको समेत बताए ।

नेपालका लागि संघीयता आवश्यक नै नभएको भन्दै गौतमले संघीयता नै कायम गर्ने भए केन्द्रीकृत व्यवस्था अन्तर्गतको संघीयताका रूपमा लैजानुपर्ने तर्क गरे ।

उनले राज्यले पूर्व सांसदहरुलाई सम्मान गर्न चाहे उनीहरुलाई उचित जिम्मेवारी दिन सुझाव दिए । अन्नपूणबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार