२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभरको मौसम

मंगलबारसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने

आइतवार , आषाढ १४, २०८३

काठमाडौं, असार ।

आज, आइतबार, देखि आउँदो मंगलबारसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज उक्त जानकारी दिएको हो। 

विभागका अनुसार आइतबार कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागले सोमबार कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मधेश, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।  

मंगलबार कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार