२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली  कांग्रेस

सदस्यता व्यवस्थित गर्न देशभर प्रतिनिधि  : ' को - कहाँ  खटे ? '

बुधवार , आषाढ १०, २०८३

 

काठमाडौं, असार ।

नेपाली कांग्रेसले पार्टी सदस्यता वितरण व्यवस्थित गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । 

कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार १५ औं महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्न प्रतिनिधि तोकेको जनाएको छ ।

नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य पार्टीले राखेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । 

तोकिएका केन्द्रीय प्रतिनिधिहरूले असार २० गतेसम्म सम्बन्धित जिल्ला पुगेर समन्वय, सहजीकरण गर्न पार्टीले निर्देशन दिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार