२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

विश्वमा तेलको मूल्यको भविष्य

के चीनमा निर्भर हुन सक्छ : ' यस्तो छ अदृश्य हात '

मंगलवार , आषाढ ९, २०८३

 

 

चीन, असार ।

अमेरिका र इरानले हर्मुज जलडमरूमध्य पूर्ण रूपमा पुनः सञ्चालन गर्ने र मध्यपूर्वी तेलको आपूर्ति सामान्य बनाउने विषयमा छलफल गरिरहेका बेला तेल बजारको आगामी दिशा भने वार्तामा प्रत्यक्ष सहभागी नभएको एउटा देश चीनमा निर्भर हुन सक्ने देखिएको छ ।

विश्वको दोस्रो ठूलो कच्चा तेल उपभोक्ता चीनले इरान युद्धका कारण दैनिक १ करोड १० लाख ब्यारेलभन्दा बढी तेल आपूर्ति प्रभावित भएपछि ऊर्जा सुरक्षाका लागि सबै सम्भावित उपाय अपनाएको छ ।

आयात घटाउने, विशाल तेल भण्डार प्रयोग गर्ने तथा स्वच्छ ऊर्जाको प्रयोग बढाउने नीतिका कारण चीनले घरेलु बजारमा मूल्यवृद्धिको असरलाई केही हदसम्म नियन्त्रण गर्न सफल भएको छ ।

चीनका यी कदमहरूको प्रभाव विश्वव्यापी तेल बजारमा पनि परेको छ । तीन महिनाभन्दा बढी समयदेखि जारी युद्धका कारण केही विश्लेषकहरूले यस वर्ष तेलको मूल्य प्रति ब्यारेल २०० डलरसम्म पुग्न सक्ने अनुमान गरेका थिए । तर, कुल आपूर्ति घाटा १ अर्ब ब्यारेलभन्दा बढी पुगे पनि कच्चा तेलको मूल्य अपेक्षाकृत नियन्त्रणमै रह्यो ।

धेरै विश्लेषकहरूका अनुसार यसको मुख्य कारण चीन हो । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि ब्रेन्ट क्रुड ७० डलरभन्दा तल कारोबार भइरहेको थियो भने मे महिनाको सुरुआतमा यो चार वर्षयताकै उच्च ११४ डलर प्रतिब्यारेल पुगेको थियो ।

चीनको अदृश्य हात

यस महिनाको सुरुआतमा सोसाइटी जेनेरेटका विश्लेषकहरूले प्रकाशित गरेको अध्ययनअनुसार सन् १९७३ को अरब तेल नाकाबन्दीका बेला विश्व आपूर्तिमा ७ प्रतिशत कमी आउँदा तेलको मूल्य १३४ प्रतिशतले बढेको थियो ।

तर इरान युद्धका क्रममा विश्व आपूर्तिको करिब १४ प्रतिशत प्रभावित हुँदा पनि मूल्य त्यति धेरै बढेन । विश्लेषकहरूका अनुसार बजारलाई सन्तुलनमा राख्ने अदृश्य हात चीन नै हो ।

चीनले आफ्नो तेल आयात दैनिक करिब ३० लाख ब्यारेलसम्म घटाउन सफल भएको छ, जुन मात्रा जापानको कुल तेल मागसँग लगभग बराबर हो ।

चीनले कसरी घटायो खपत ?

युद्धअघि चीनले रुस र इरानबाट सस्तो दरमा प्राप्त हुने प्रतिबन्धित तेलको प्रयोग गर्दै ठूलो परिमाणमा तेल सञ्चिति निर्माण गरिरहेको थियो । विश्लेषकहरूका अनुसार चीनसँग अहिले व्यापारिक तथा रणनीतिक भण्डारमा १ अर्ब ब्यारेलभन्दा बढी तेल सञ्चित छ, जसको प्रयोग उसले मे महिनादेखि सुरु गरिसकेको छ ।

रिस्टाड इनर्जीका जनिभ शाह भन्छन्, अघिल्ला वर्षहरूमा चीनले मूल्यलाई माथि टिकाइराख्ने काम गथ्र्यो, तर यस वर्ष त्यो प्रवृत्ति उल्टिएको छ ।

सरकारले डिजेल र पेट्रोल जस्ता प्रशोधित इन्धनको निर्यात पनि सीमित गरिदिएको छ, जसले घरेलु आपूर्ति सुरक्षित राख्न मद्दत गरेको छ । यसका कारण चिनियाँ रिफाइनरीहरूले अन्तर्राष्ट्रिय बजारबाट थप कच्चा तेल खरिद गर्ने आवश्यकता कम भएको छ ।

विद्युतीय सवारीसाधनको प्रभाव

चीनमा विद्युतीय सवारी साधन (इभी) को तीव्र विस्तारले पनि तेलको माग घटाउन ठूलो भूमिका खेलेको छ । हाल चीनमा बिक्री हुने प्रत्येक दुई नयाँ यात्रुवाहक गाडीमध्ये एक नयाँ ऊर्जा सवारीसाधन हो ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार गत वर्ष चीनका इभीहरूले दैनिक करिब १० लाख ब्यारेल तेलको खपत प्रतिस्थापन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार