२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

रास्वपा प्रथम महाधिवेशन : ' बन्द सत्र दिउँसो २ बजेपछि '

मंगलवार , आषाढ ९, २०८३

चितवन, असार ।

द्रुत गतिमा कुँदिरहेको एक्सप्रेस भन्ने गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्र डेढ दिन ढिला गरेर आज दिउँसो २ बजेपछि मात्र शुरू हुने भएको छ । सोमबार बिहान ८ः३० बजेदेखि शुरू गर्ने भनिएको बन्द सत्र पार्टीभित्रको आन्तरिक सस्साकस्सीका कारण डेढ दिन ढिलाइ भएको रास्वपाले जनाएको छ ।

रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार परिचयपत्र वितरणपछि बन्दसत्र शुरू हुनेछ । मध्यान्हदेखिमात्र महाधिवेशन परिचय पत्र वितरण कार्य शुरू भएको छ ।

महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने काम गर्न बढी समय लागेकाले महाधिवेशनको बन्दसत्र पछि सरेको बताइएको छ ।

कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ ।आइतबार दिउँसो भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ । 

उक्त उद्घाटनमा वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र साह बालेनसँगै सभापति रवि लामिछानेले एक्सप्रेस गाडी भएकाले कहीँ पनि ब्रेक नलाग्ने बताएर विपक्षी दलहरूको आलोचना गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार