२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमाले उपाध्यक्ष पौडेल पक्राउ :  ओलीकै शासन  !

एमाले फुट्न नदिन ओलीको निर्देशनमा अख्तियारले पौडेल प्रक्राउ गर्यो

सोमवार , आषाढ ८, २०८३

 

कर्णाली, असार ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गरिएको छ ।  सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६: ०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो । 

पौडेललाई आजै काठमाडौँ पठाउनका लागि स्थलगत मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज लिएर गएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत आएको जनाइएको छ । 

पूर्व अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेल बुटवल उपमहानगरपालिका–९ रुपन्देही घर भई हाल ललितपुर महानगरपालिका–२५ ललितपुरस्थित सैबु आवास आयोजनामा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ । 

उनलाई प्रहरी उपरीक्षक पौडेलको नेतृत्वमा १० विशेष प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ । रासस 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार