२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

रास्वपा महाधिबेशन

अध्यक्ष लामिछानेले भने  : '  देश रास्वपाको हातमा छ, सुरक्षित छ '

आइतवार , आषाढ ७, २०८३

 

चितवन, असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् । 

 चितवनमा आजबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले व्यक्तिगत वैमनस्यतालाई त्यागेर खुला र ठूलो छाती बोकेर राजनीतिमा अगाडि बढ्नु पर्ने बताएका छन् ।

उनले आज इतिहासले रास्वपालाई देशकै ठूलो पार्टी बनाएको बताउँदै सभापति लामिछानेले रास्वपाको यो जनमतलाई प्रतिशोध साँध्ने हतियार कहिले नबनाउने बताएका छन् ।

 सभापति लामिछानेले विभिन्न कालखण्डमा भएका बलिदानीका कारण आज रास्वपा सबै भन्दा अग्लो देखिएको पनि बताएका छन् । 

उनले विगतमा आफूहरुले पटक–पटक भन्दा पनि नसुनिएका कारण फरक–फक पृष्ठभूमिका मानिसहरु आज राजनीतिमा आउनु पर्ने वाध्यता बनेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार