२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा बैठक छलफल : ' चार अध्यादेश स्वीकृत '

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं, असार ।

प्रतिनिधिसभाको बैठकले विभिन्न चार अध्यादेशलाई स्वीकृत गरेको छ । शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद -दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।

बैठकमा सांसद खडकबहादुर बुढाले राख्नुभएको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस भन्ने प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको छ ।

त्यस्तै सांसद नीता घतानीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण -तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस भनी राखेको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको छ भने सांसद आरेन राईले सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्ताव समेत अस्वीकृत भएको छ ।

त्यसैगरी सांसद कृपाराम रानाले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्ताव पनि बैठकमा अस्वीकृत भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक असार ११ गते बिहीबार बोलाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार