प्रतिनिधिसभा बैठक
अध्यक्ष साम्पाङले भने : सीमाका विषायमा प्रधानमन्त्रीसँग हाम्रा प्रश्न छन
प्रधानमन्त्रीले कर्तव्यवोध गरेर जवाफ दिनुपर्छ
काठमाडौ, असार । श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको आफ्नो अभिव्यक्तिबारे सांसदको प्रश्नको जवाफ कर्तव्यवोध गर्दै दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदहरु उठेका थिए ।
विपक्षी दलका सांसदहरु बैठकको शुरुमै उठेपछि सभामुख डोलप्रसाद -डीपी) अर्यालले सांसद हर्क साम्पाङलाई बोल्न समय दिएका थिए ।
त्यसपछि सांसद साम्पाङले प्रधानमन्त्रीसँग आफूहरुको प्रश्न भएको बताउँदै सीमाको विषयमा दिएको अभिव्यक्तिको जवफा प्रधानमन्त्रीले संसदमै आएर दिनुपर्ने बताए ।
उनले सुकुम्बासीको जतिसक्दो छिटो सििह व्यवस्थापन हुनुपर्ने बताएका छन् ।