२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

हेलो सरकार : ' नागरिक संवादको थलो बन्दै '

उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

मंगलवार , आषाढ २, २०८३

 

काठमाडौँ, असार ।

सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव र जिज्ञासालाई राज्य संयन्त्रसम्म सहज रूपमा पुर्याई तिनको प्रभावकारी सम्बोधन गर्ने उद्देश्यले सञ्चालनमा रहेको हेलो सरकार प्रणाली सार्वजनिक प्रशासन र सुशासनको महत्त्वपूर्ण औजारका रूपमा स्थापित हुँदै गएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित यो विद्युतीय गुनासो व्यवस्थापन प्रणालीमा नागरिकको पहुँच विस्तार भएसँगै उजुरी तथा गुनासोको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

सरकारले यो प्रणालीलाई गुनासो सुनुवाइको माध्यममा सीमित नराखी नागरिक–सरकार संवाद, नीतिगत सुधार तथा सार्वजनिक सेवा प्रवाहको गुणस्तर मापन गर्ने एकीकृत प्लेटफर्मका रूपमा विकास गर्ने रणनीतिसहित अघि बढाएको छ ।

शासकीय सुधारसम्बन्धी सरकारको सय दिने कार्यसूचीको बुँदा नम्बर २४ मा २४सै घन्टा राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने लक्ष्य राखिएको थियो ।

त्यसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ' हेलो सरकार' शाखामार्फत कार्यान्वयनमा ल्याइसकेको छ ।

कार्यसूचीको सोही बुँदामा रहेको फोन, मोबाइल एप, वेबपोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने बहुच्यानल प्रणाली स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कार्यालयअन्तर्गतको हेलो सरकार शाखाका उपसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार