२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

संविधान संशोधन बहस पत्र

तयारी कार्यदल : ' ३ पूर्व प्रधानमन्त्रीसँग गर्यो छलफल '

बिहिवार , जेठ २८, २०८३

 

काठमाडौं, जेठ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ।

सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थियो।

सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार