२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

देशभरको मौसम आज : ' कहीँ वर्षा, कहीँ हिमपात ! '

बिहिवार , जेठ २८, २०८३

काठमाडौँ, जेठ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ ।

त्यसैगरी, कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू- भागका केही स्थानहरू तथा मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू- भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू- भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू- भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार