२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्न

परराष्ट्रमन्त्रीको जवाफ : ' सुस्ता र लिपुलेक नक्सांकन हुन बाँकी '

' नेपाल - भारतबीच सीमा, सुरक्षा, व्यापारलगायत विभिन्न विषयमा काम गर्ने दर्जनौं द्विपक्षीय संयन्त्र छन '

बुधवार , जेठ २७, २०८३

 

काठमाडौं, जेठ ।

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सीमाअन्तर्गत सुस्ता र लिपुलेक क्षेत्रमा नाक्सांकन हुन बाँकी रहेको बताएका छन्।

बुधबार संसदमा बोल्दै उनले नेपाल-भारत सीमाको अधिकांश क्षेत्रमा नक्साङ्कन सम्पन्न भइसकेको भए पनि सुस्ता र लिपुलेक क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको बताए।

अन्य स्थानमा देखिएका समस्या भने क्रस बोर्डर अकुपेन्सीसँग सम्बन्धित रहेको उनको भनाइ छ।

मन्त्री खनालले नेपाल र भारतबीच सीमा, सुरक्षा, व्यापारलगायत विभिन्न विषयमा काम गर्ने दर्जनौं द्विपक्षीय संयन्त्र रहेको उल्लेख गरे।

तीमध्ये केही संयन्त्र लामो समयदेखि निष्क्रिय रहे पनि अब पुनः सक्रिय हुने क्रममा रहेको र विभिन्न संयन्त्रहरूको बैठक निकट भविष्यमै बस्न लागेको उनले जानकारी दिए।

मन्त्री खनालका अनुसार नेपाल-भारत सीमा व्यवस्थापनसँग सम्बन्धित प्राविधिक संयन्त्रहरूले सीमाङ्कन र नक्साङ्कनको काम गरिरहेका छन्। त्यससम्बन्धी विस्तृत विवरण सम्बन्धित संयन्त्रबाट प्राप्त भएपछि सार्वजनिक गरिने उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार