२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

देशभरको मौसम : ' विभिन्न भागमा चट्याङसहित वर्षा हुने '

बुधवार , जेठ २७, २०८३

 

काठमाडौं, जेठ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गर्दा आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र सुदूरपश्चिमको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

पहाड र हिमालमा वर्षा र हिमपातको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा भने अत्यधिक गर्मी अर्थात् तातो दिन हुने सम्भावना रहेको छ ।आज राती पनि देशभर साधारणतया बादल लाग्नेछ।

मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा मौसम बदली रहनेछ।

त्यसैगरी, कर्णाली प्रदेश लगायत सबै प्रदेशका हिमाली भू-भाग, सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र तराईका एक-दुई स्थानमा रातिको समयमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसममा आउने यस्तो उतारचढावका कारण हुन सक्ने चट्याङ र हिमपातबाट जोगिन तथा तराईमा बढ्दो गर्मीबाट बच्न सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार