काठमाडौ, जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठकको आह्वान गरेका छन्।सभापति लामिछानेले समसामयिक राजनीतिका विषयमा छलफल गर्न भोलि बिहान ९ बजेका लागि बैठक आह्वान गरेका हुन्।
बैठक संसद सचिवालय सिंहदरबारमा बस्ने छ। बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्षरसभापति सहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ।
सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रण प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूमा पठाइसकेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।