काठमाडौं, जेठ ।
आइतबार कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल, मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ। आइतबार राति कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल, मधेश प्रदेश र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मूख्यतया सफा रहनेछ।कोशी प्रदेशका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।