२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा : ' द्विपक्षीय वार्ता गर्ने '

शुक्रवार , जेठ २२, २०८३

 

काठमाडौँ, जेठ ।

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको राजधानी नयाँदिल्ली पुगेका छन । भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको औपचारिक निमन्त्रणामा भारतको भ्रमणका क्रममा शुक्रबार खनाल नयाँदिल्ली पुगेका हुन ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरे ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय वार्ता गर्नेछन भने अन्य उच्चस्तरीय भेटघाटमा समेत सहभागी हुने कार्यक्रम रहेको छ। परराष्ट्रमन्त्री खनाल यही जेठ २४ स्वदेश फर्कने कार्यक्रम छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) सभापति रवि लामिछाने शुक्रबार नै पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किदै छन।

भारत भ्रमणका क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशङ्कर, गृहमन्त्री अमित शाहसँगै भारतको सत्तारुढ दल भारतीय जनता पार्टी -का शीर्ष नेतासँग भेटवार्ता गरेका छन । - गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार