२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

राज्य व्यवस्था तथा सुशासन समिति

बैठक बस्दै आज : ' तीन उपसमिति गठन गरिँदैँ '

शुक्रवार , जेठ २२, २०८३

 

काठमाडौं, जेठ ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्दैछ।

विभिन्न तीनवटा उपसमिति गठन गर्नेदेखि समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थगल अनुगमन गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ।

बैठकमा समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति,समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति,समितिको कार्यक्षेत्र अन्तरगतका मन्त्रालय एवं निकायहरूको कारकारबाही अध्ययन एवं निगरानी उपसमिति गठन गर्ने सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार