२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

देशभरको मौसम आज

देशका यी स्थानमा वर्षा : ' केही स्थानमा चट्याङको सम्भावना '

शुक्रवार , जेठ २२, २०८३

 

काठमाडौं, जेठ ।

शुक्रबार कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ।

मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मध्यम तातो लहर हुनुका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ।

शुक्रबार राति कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भाग तथा मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ।

प्रदेशको थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार