२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

देशभरको मौसम पूर्वानुमान

बुधबारसम्मको मौसम :'  पहाडमा वर्षा र तराईमा गर्मी बढ्ने '

मङ्गलबार र बुधबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया तथा तराई भूभागमा आंशिक बादल लाग्ने

सोमवार , जेठ १८, २०८३

 

काठमाडौँ, जेठ  ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशको हिमाली तथा पहाडी भू- भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार आज राति देशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ ।

मङ्गलबार र बुधबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया तथा तराई भूभागमा आंशिक बादल लाग्ने छ । सो दुई दिन हिमाली तथा र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।

भोलि मधेश प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा र पर्सी मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार