२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

संसदमा प्रधानमन्त्रीलाई सांसदको प्रश्न

प्रधानमन्त्री शाहले भने : ' सरकार भ्रष्टाचार अन्त्य गर्नेगरी काम गदैछ '

आइतवार , जेठ १७, २०८३

 

काठमाडौं, जेठ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो वर्ष सुशासनको वर्षको रुपमा काम गर्ने बताएका छन । बेतिथी हटाउने, भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार लागिपरेको उनले बताए ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको आइतबार जवाफ दिदै प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन । उनले सुशासनका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए ।

भ्रष्टाचारको जालो सदियौंदेखिको जेलिएर बसेकाले त्यसको अन्त्य गर्न समय लाग्ने भए पनि त्यसको न्यूनीकरणमा सरकारले काम गरिरहेको बताए । बैठकमा दलीय रुपमा सांसदहरुले प्रधानमन्त्रीलाई सवाल उठाएका थिए ।

प्रधानमन्त्री शाह आज बैठकमा आकस्मिक रुपमा आएर सांसदहरुको सवालको जवाफ दिएको सभामुख डोलप्रसाद अर्यालले बैठकमा जानकारी दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार