२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

संसदीय दल बैठक : ' विषयगत समितिको जिम्मेवारी बारे छलफल '

बिहिवार , जेठ १४, २०८३

 

काठमाडौँ, जेठ ।

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा विषयगत समितिको जिम्मेवारी दिने सम्बन्धमा छलफल भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापाले बैठकमा संसदमा पार्टीको भूमिका र आगामी रणनीतिका सम्बन्धमा छलफल भएको जानकारी दिए ।

उनले भने, ' संसदमा पार्टीको भूमिका र आगामी रणनीति सम्बन्धमा र भोलिको बजेटलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । संसदीय दलको केही रिक्त पदहरु पूर्ति गर्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ ।

उनले भने, धेरै कुराहरु हाम्रो संसदीय दलकै विषयवस्तुमा टेकेर भयो । विषयगत समितिको संयोजक जुन विषयगत अध्ययनका लागि जिम्मेवारी दिने विषयमा छलफल भयो । आज एजेण्डा मात्रै राखेका छौं ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार