२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रपति पौडेल - अर्थमन्त्री वाग्ले भेट : ' बजेटका विषयमा छलफल '

बिहिवार , जेठ १४, २०८३

 

काठमाडौं, जेठ ।

राष्ट्रपति रामचन्द्र पौडेल र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ। आगामी आर्थिक वर्षको बजेटका विषयमा उनीहरूबीच छलफल भएको हो।

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३ / ८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपति पौडेलालाई जानकारी गराएको अर्थमन्त्री सचिवालयले जानकारी दिएको छ।

भेटमा अर्थमन्त्री वाग्लेले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/ ८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिज्यूलाई हस्तान्तरण गरेका थिए।

अर्थमन्त्री वाग्लेले भोलि शुक्रबार अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३ / ८४ को बजेट प्रस्तुत गर्दैछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार