२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मन्त्रिपरिषद् बैठक : ' यी हुन् आजका ४ निर्णयहरू

नेपाल-चीन विद्युत प्रसारण लाइन आयोजना (चिलिमे केरुङ) कार्यान्वयनमा चीनलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत

सोमवार , जेठ ११, २०८३

 

काठमाडौं, जेठ ।

सरकारले नेपाल-चीन जोड्ने विद्युत प्रसार णलाइन आयोजना (चिलिमे - केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ वटा निर्णय गरेको हो।

बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको छ।

जस अन्तर्गत मोटा धानको प्रति क्विन्टल ३,६६० रुपैयाँ र मध्यम धानको प्रति क्विन्टल ३,८६० रुपैयाँ तोकिएको छ।

यसैगरी बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने र नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार