२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भदौं २४ को घटना

सभापति थापाले भने : सरकार ढाकछोप गर्दै, स्वीकार्य हुँदैन

शनिवार , जेठ ९, २०८३

 

काठमाडौं, जेठ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले भदौं २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वकार्य नहुने बताएका छन् । 

शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भाद्र २४ गतेको विध्वंशको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताएका छन् ।

उनले सरकारले आफैले गरेको प्रतिबद्धता अनुसार भदौं २४ गतेको विध्वंशको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग समेत गरे ।

उनले भाद्र २३ र २४ गतेको घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै प्रतिवेदन अनुसार दोषीलाई कारवाही हुनुपर्ने जिकिर गरे । उनले मानव अधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको सुनिएकोले त्यस्ता कार्य नगर्न आग्रह समेत गरे ।

एक प्रश्नको जवाफमा सभापति गगन थापाले सरकार गठन भएयता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जिकिर गर्दै कुनै हालतमा यस्ता कार्य मान्य नहुने बताए ।

उनले सरकारको गलत क्रियाकलाप रोक्न आफूहरुले प्रयास जारी राख्ने बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार