२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मौसम विज्ञान विभाग भन्छ

शुक्रबार र शनिबार : ' सुदूरपश्चिमका तराईमा तातो हावा चल्ने '

बिहिवार , जेठ ७, २०८३

 

काठमाडौँ, जेठ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा तातो हावा चल्ने सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार भोलि र पर्सी लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

बिहीबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।

भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

पर्सी गण्डकी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार