२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा वैठक

निर्वाचन विधेयक : ' विपक्षीको नाराबाजी बीच स्वीकृत '

बिहिवार , जेठ ७, २०८३


काठमाडौं, जेठ ।

प्रतिनिधिसभाको वैठकमा विपक्षीको विरोध र नाराबाजीबीच दुईवटा विधेयक स्वीकृत भएको छ । आजको प्रतिनिधिसभा वैठकमा विपक्षीको विरोधका वावजुद प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेलामा सभामुखले बहुमतको आधारमा विधेयक स्वीकृत भएको घोषणा गरेका हुन् ।

विधेयकमाथि कुनै सांसद छलफलमा सहभागी भएनन् । यो विधेयक प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमले पेस गरेकी थिइन् । तर विपक्षीले प्रधानमन्त्री आउनु पर्ने अडान राखेका थिए ।

बैठकले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ ।

वैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले विधेयकमा छलफलका लागि सांसदहरुलाई पाँच मिनेटको समय दिएका थिए । तर विपक्षी दलका सांसदहरुले यसलाई अस्वीकार गर्दै नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार