२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा वैठक

नेता आङदेम्बेले भने : सरकारले गर्यो सारा संस्था खारेज -' भ्याकुम भयो '

बुधवार , जेठ ६, २०८३

 

काठमाडौं, जेठ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका सांसद भिष्मराज आङदेम्बेले सरकारले पुरानो सरकारले राजनीतिक भागवण्डा गरेर नियुक्त गरेको भन्दै खारेज गरेपछि सारा संस्था 'भ्याकुम' भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद आङदेम्बेले सरकारले खारेज गरेकाहरुमा केहि संवेदनशिल संस्थाहरु समेत रहेको बताएका छन् ।

उनले सत्य तथा मेलमिलाप आयोग, बेपत्ता नागरिकसम्बन्धी संक्रमणकालीन न्यायिक आयोगका पुराना पदाधिकारीलाई सरकारले बर्खास्त गरेको बताए । उनले यी संस्थाहरुमा छिट्टो, सक्षम र निष्पक्ष व्यक्तिहरु ल्याएर सक्षम पार्नुपर्ने बताए ।

उनले द्वन्द्वपीडितको दीर्घकालीन संघर्ष निकै लम्बिएको, यसमा संयुक्त राष्ट्रसंघको विषेश चासो रहेको बताउँदै दुई दशक बितिसक्दा पनि द्वन्द्वपीडितहरु न्याय पाउनबाट बञ्चित रहेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार