२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा वैठक

श्रम सँस्कृतिको विरोध : ' साम्पाङसहितका सांसदलाई सभामुखकाे चेतावनी '

बुधवार , जेठ ६, २०८३

 

काठमाडौं, जेठ ।

सभामुख डोलप्रसाद -डीपी) अर्यालले श्रम सँस्कृति पार्टीका सांसदहरुलाई कारवाहीको चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको वैठक सुरु हुना श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङलगायत उठेर विरोध जनाएका थिए ।

वैठक सुरु हुनासाथ श्रम सँस्कृति पार्टीका सांसदले उठेर विरोध जनाउँदै अगाडि बढ्न नदिएपछि सभामुख अर्यालले कारवाहीको चेतावनी दिएका हुन् ।

सभामुख अर्यालले प्रतिनिधिसभा वैठकमा श्रम सँस्कृति पार्टीका सांसदहरुले लगातार पर्चा देखाएर सभाको मर्यादाविपरित अभद्र व्यवहार गरेको भन्दै प्रतिनिधिसभा नियमावली २०७९ को खण्ड झ अनुसार सभाको मर्यादा राख्न आग्रह गरेका छन् ।

श्रम सँस्कृति पार्टीका सांसदलाई सभामुख अर्यालले आफ्ना क्रियाकलाप सुधार्न समेत चेतावनी दिएका छन् । यसपछि सांसद हर्क साम्पाङ फेरि उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख अर्यालले उनलाई दुई मिनेटको समय बोल्नका लागि दिएका थिए । सभामुख अर्यालले दिएको दुई मिनेटको समयमा सांसद राईले आफूहरुले जनताका प्रश्न बारम्बार सरकारका मन्त्रीहरुलाई सोध्न चाहेको बताएका छन् ।

उनले सहकारीको रकम फिर्ता, सुकुम्बासी समस्यालगायतका विषयमा प्रश्न सोध्न चाहेको भए पनि प्रधानमन्त्री र मन्त्रीहरु सदनमा उपस्थित नभई रहेको बताए ।

उनले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने बताउँदै सभामुखले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्नुपर्ने माग गरेका छन् । उनले सदनबाट प्रधानमन्त्री र मन्त्रीहरु भाग्न नपाइने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार