काठमाडौं, जेठ ।
सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा वैठकमा आफ्नै सरकारप्रति असन्तुष्टि जनाएका छन्।
बजेटका प्राथमिकतामाथि छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नदेखिएपछि सांसद सिंह झोक्किँदै असन्तुष्टि जनाएका हुन् ।
उनले भने, परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने, बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ । परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन ।
पछिल्लो २० वर्षदेखि पहिलो पटक देख्दै छु, अर्थमन्त्री बिनाको छलफल, नयाँको नाममा सबै चीज भत्काउने भए सिंहदरबार, प्रधानमन्त्री, मन्त्री पद पनि भत्काउ ।
उनले मधेशको भोट लिएर बनेको सरकारले मधेशीलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि पोखेका छन् । उनले भने, मधेशको लागि एउटा प्याकेजको अपेक्षा गरेको थिएँ, यो सरकारमाथि मधेशको अधिकार पनि छ ।
प्रत्यक्ष र समानुपातिकमा पनि सबैभन्दा बढी भोट मधेशले दिएको छ । मधेश विस्फोटको स्थितिमा छ । त्यो विस्फोट हुनुभन्दा पहिला त्यसको उपचार गर्नुस् । न उसको सत्तामा अनुहार हुन्छ, न नियुक्तिमा, यसरी राज्य चल्दैन ।