२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

इरानविरुद्ध आक्रमण स्थगन :  ' ट्रम्पले गरे यस्तो दावी '

मंगलवार , जेठ ५, २०८३

 

अमेरिका, जेठ ।

इरानले मध्यपूर्वमा जारी युद्धलाई निर्णायक रूपमा अन्त्य गर्न नयाँ सम्झौताको प्रस्ताव गरेको क्षेत्रीय अधिकारीहरूले बताएका बताएका छन् ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता जारी रहोस् भनेर आफूले इरानमाथि गर्ने भनिएको नयाँ सैन्य आक्रमण स्थगित गरेको दाबी गरेका छन् ।

तर ट्रम्पले सामाजिक सञ्जालमार्फत बारम्बार तेहरानलाई धम्की दिने र शान्ति सम्झौता नजिक पुगेको दाबी गर्ने गरे पनि रोकिएको वार्तामा कुनै तत्काल ठोस प्रगति भएको संकेत देखिएको छैन ।

छ हप्तासम्म चलेको अमेरिका इजरायलको हवाई आक्रमण र इरानको प्रतिआक्रमणपछि युद्धविराम लागू भए पनि हिंसा धेरै हदसम्म रोकिएको छ । तर ट्रम्पले उक्त युद्धविराम अन्तिम अवस्थामा रहेको बताएका छन् ।

केही इजरायली मिडिया रिपोर्टअनुसार फेरि युद्ध सुरु हुन सक्ने संकेत पनि दिइएको छ । सोमबार ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरबका नेताहरूले अमेरिकालाई इरानमाथि भोलि तय गरिएको सैन्य आक्रमण रोक्न’ आग्रह गरेको दाबी गरेका छन् ।

उनका अनुसार ती देशका नेताहरूले वार्ताको सम्झौता हुन सक्ने सम्भावनाका कारण वाशिङ्टनलाई सम्पर्क गरेका थिए । जसले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने र अमेरिकाका लागि स्वीकार्य हुने दाबी गरिएको छ ।

ट्रम्पले आफूले सैन्य नेतृत्वलाई आक्रमण रोक्न निर्देशन दिएको तर आवश्यक परे तुरुन्त ठूलोस्तरको आक्रमण गर्न तयार रहन पनि आदेश दिएको बताएका छन् ।

यसैबीच इरानका विदेश सैन्य प्रवक्ता इस्माइल बाघाईले पाकिस्तानले तेहरानको नयाँ प्रस्ताव अमेरिका समक्ष पुर्‍याएको दाबी गरेका छन् । तर इस्लामाबादबाट भने फरकफरक र विरोधाभासी भनाइ आएका छन् ।

एक पाकिस्तानी स्रोतले वार्तामा अमेरिका र इरान दुवैले आफ्नो अडान बारम्बार परिवर्तन गरिरहेकाले समय सकिँदै गएको बताएका छन् ।

अन्य क्षेत्रीय अधिकारीहरूका अनुसार इरानले केही सहुलियतहरू प्रस्ताव गरेको छ, जसमा आफ्नो आणविक कार्यक्रम लामो समयका लागि रोक्ने, अत्यधिक समृद्ध युरेनियम रूसलाई हस्तान्तरण गर्ने, र होर्मुज जलडमरूमध्य चरणबद्ध रूपमा पुनः खोल्ने कुरा समावेश छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार