२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक छलफल

श्रम संस्कृति पार्टीले संसदमा प्रदर्शन : ' पर्चा देखाएर विरोध '

सोमवार , जेठ ४, २०८३


काठमाडौं, जेठ ।

श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर संसद बैठकमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ,प्रश्नदेखि भाग्न पाइँदैन,जनमतलाई सम्मान गर,संसद छलेर अध्यादेश ल्याउन बन्द गर,संसदीय जिम्मेवारी बहन गर लेखिएका पर्चा देखाएका थिए ।

सदनभित्रै श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गरे । उनले सदनमा पर्चा देखाउने अभ्यास नरहेको स्मरण समेत गराए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार