२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अमेरिका - इरान युद्धविराम

समय सकिन लागेको ट्रम्पको इरानलाई संकेत : ' दिए यस्तो चेतावनी '

' ईरानले तुरुन्तै कदम चाल्नुपर्छ, अन्यथा उनीहरूसँग केही पनि बाँकी रहने छैन '

सोमवार , जेठ ४, २०८३

 

वासिङ्टन, जेठ ।

अमेरिका र इरानबीच युद्धविराम जारी रहे तापनि द्वन्द्व स्थायी रूपमा समाधान हुन सकेको छैन। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका लागि समय घर्किँदै गएको बताएका छन्।

युद्ध अन्त्यका लागि भइरहेको वार्ता निष्कर्षविहीन बनेपछि राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै समय निकै तीव्र गतिमा बितिरहेको बताएका हुन् ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ' ट्रुथ सोसलुमा लेख्दै ट्रम्पले भनेका छन्, ' इरानको समय घर्किँदै गइरहेको छ, उनीहरूले तुरुन्तै कदम चाल्नुपर्छ, अन्यथा उनीहरूसँग केही पनि बाँकी रहने छैन। समय निकै महत्त्वपूर्ण छ।'

अर्कोतर्फ, इरानी सञ्चारमाध्यमहरूले भने अमेरिकाले इरानको पछिल्लो प्रस्तावमाथि कुनै सकारात्मक कदम नचालेको आरोप लगाएका छन्।

इरानको ' मेहर न्यूज एजेन्सी' का अनुसार अमेरिकाको यो सम्झौताहीन अडानले जारी वार्तालाई थप गतिरोधतर्फ धकेल्नेछ। गत हप्ता मात्र इरानले अमेरिकाका मागहरूलाई अस्वीकार गरेको थियो।त्यतिबेला पनि राष्ट्रपति ट्रम्पले चेतावनी दिँदै दुई देशबीचको युद्धविराम नाजुक अवस्थामा रहेको टिप्पणी गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार