२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आगामी साता देशभरको मौसम

वर्षा र हावाहुरीको सम्भावना कति ?  : ' यस्तो रहन्छ मौसम '

शनिवार , जेठ २, २०८३

 

 

काठमाडौं, जेठ ।

साताभर स्थानीय वायु, पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभाव रहने देखिन्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भू-भाग अन्तर्गत कोशी, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशमा साताको सुरु र अन्त्यमा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङर हावाहुरीसहित मध्यमसम्मको हिमपात र वर्षाको सम्भावना छ।

पहाडी भू-भागअन्तर्गत कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरुवात र अन्त्यमा केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशमा साताको सुरुवात र अन्त्यमा थोरै मध्यमा एक-दुई स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानहरू तथा कर्णाली प्रदेशमा मध्य र अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन रचट्याङ र असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी प्रदेशमा साताको सुरु र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना विभागले जनाएको छ। तराई भू-भाग अन्तर्गत कोशी प्रदेशमा साताको सुरुमा केही स्थानहरूमा, मध्य र अन्त्यमा थोरै स्थानहरू तथा मधेश प्रदेशमा साताभर थोरै स्थानहरूमा र बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरुवात र अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ/ असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

देशको पहाडी र तराई भू-भाग लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा अधिकतम तापक्रम र न्यूनतम् तापक्रम हल्का बढ्ने साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा तापक्रम उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। सरदरसँग तुलना गर्दा देशभर अधिकतम र न्यूनतम् तापक्रम सरदरभन्दा केही बढी रहने सम्भावना विभागले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार