२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

देशभरको मौसम पूर्वानुमान

पश्चिमी वायुको प्रभाव : ' यी- यी स्थानमा हुँदैछ वर्षा र हिमपात '

शुक्रवार , जेठ १, २०८३

 

काठमाडौं, जेठ।

हाल नेपालमा पश्चिमी वायु स्थानीय वायु र तल्लो वायुमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली छ।

हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै कोशी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा साधारणतया बदली रहनेछ।

कोशी, बागमती र गण्डकीका केही स्थानहरू तथा बाँकी पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका एक- दुई स्थानमा समेत हल्का वर्षा हुनसक्ने देखिएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। बाँकी पहाडी र तराई भू-भागमा भने आंशिक बदली हुनेछ।

कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक- दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार